शान्ति र संविधानमा चुनौति थपिएको छ : उपेन्द्र यादव

Read Time:1 Minute, 48 Second

जनकपुरधाम, २१ फागुन

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्ति, संविधान लेखन र मधेसका मुद्दाका सन्दर्भमा समयतालिकासँगै विश्वसनीय आधार नभएसम्म आफूहरू सरकारमा नजाने बताएका छन ।

सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसका मुद्दालाई गौण बनाई आफूहरू सरकारमा साझेदारी नगर्ने स्पष्ट गरे  । एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) का गतिविधिले आशङ्का सिर्जना भएको छ भन्दै उनले दुवै पार्टीले मुलुकमा उब्जिएका आशङ्कालाई अन्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ भने ।

अध्यक्ष यादवले राजनीतिक दलहरूको आन्तरिक कलह, दलहरूबीच विश्वासको अभाव र विभिन्न अन्तर्राष्ट्रिय खेलले शान्ति, संविधान निर्माणमाथि चुनौती खडा भएको पनि बताए  । व्यवहारमा अहिलेका माओवादी लडाकू माओवादीकै नियन्त्रणमा रहनुले द्वन्द्व व्यवस्थापनमा समस्या देखिएको छ भन्दै उनले सत्ता र शक्तिका लागि दलहरूको ध्यान केन्द्रित रहने प्रवृत्तिले पनि सङ्कटपूर्ण अवस्था कायम छ भने  ।

एक प्रश्नको जवाफमा उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जनविद्रोह गर्ने घोषणा कार्यकर्तालाई भ्रमित पार्ने खेल हो भने  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %