भट्टराईको निधनमा काँग्रेसले १३ दिन पार्टी झण्डा झुकाउने

Read Time:2 Minute, 23 Second

काठमाडौँ, २१ फागुन

नेपाली काँग्रेसले पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले सिङ्गो देश, नेपाली जनता र पार्टीपङ्क्तिलाई स्तब्ध र शोकमग्न बनाएको भन्दै शोक प्रस्ताव पारित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको आज बिहान ललितपुर बाँडेगाउँमा बसेको आकस्मिक बैठकले१३ दिनसम्म नेपाली काँग्रेसको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टीले देश, जनता र राष्ट्रका लागि निरन्तर अनवरत रुपमा समर्पित स्वर्गीय भट्टराईको निधनले राष्ट्र«लाई अपूरणीय क्षति पुगेको भन्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना पनि गरेको छ ।

यसैगरी आगामी चैत २ गते देशभर श्रद्धाञ्जलिसभा गर्ने, फागुन २१ देखि चैत २ गतेसम्म पार्टी केन्द्रीय कार्यालय र देशभरका पार्टी कार्यालय बन्द गरी झण्डा आधा झुकाउने तथा कुनै औपचारिक कार्यक्रम नगर्ने पनि बैठकले निर्णय गरेको छ ।

काठमाडाँ उपत्यकामा काठमाडौँ, भक्तपुर र ललितपुरको सहभागितामा चैत २ गते दिउँसो १ बजे खुलामञ्चमा संयुक्त श्रद्धाञ्जलिसभा गर्ने निर्णय गरेको नेपाली काँग्रेसले जनाएको छ ।

साथै पार्टीका देश विदेशमा रहेका सम्पूर्ण कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिन पचहत्तरै जिल्लामा अन्तिम संस्कारपछिको भष्म प्रवाह गरिनेछ । बैठकले स्वर्गीय भट्टराईको उपचारमा सहयोग पु¥याउने सरकार, चिकित्सक, शुभेच्छुक एवम् सहयोगी सबैप्रति धन्यवाद दिएको पार्टीले जनाएको छ । सन्तनेता भट्टराईको शुक्रबार राति ११ बजेर २६ मिनेट जाँदा निधन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %