जुम्ला, २० फागुन हवाई भाडा वृद्धिविरुद्ध सातदिन अघिदेखि यहाँ सुरु भएको महिलाको आन्दोलनले आज सम्पूर्ण बजार बन्द गर्नुका साथै नागरिक उड्डयन प्राधिकरणमा ताला लगाएका छन् ।
सरकारले तत्काल हवाई भाडा नघटाएमा अनिश्चितकालीन तालाबन्दी गर्ने र जुम्ला विमानस्थललाई खेतबारीमा परिणत गर्ने चेतावनी उनीहरूले दिएका छन् । नारी कल्याण केन्द्र जुम्लाको अगुवाइमा सुरु भएको हवाई भाडाविरुद्धको आन्दोलनमा जुम्लाका राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्था सबैले ऐक्यबद्धता जनाएका छन् । हवाई भाडा तत्काल नघटाइए कडा सङ्घर्षका आन्दोलनसमेत सुरु गर्ने नारी कल्याण केन्द्रकी अध्यक्ष कान्ती सेदुवालले बताए ।