माओवादीद्वारा चार मन्त्रीको नाम सिफारिस

Read Time:1 Minute, 9 Second

काठमाडौँ, २० फागुन

एकीकृत नेकपा (माओवादी) स्थायी समितिको आज यहाँ बसेको बैठकले कृष्णबहादुर महराको नेतृत्वमा चारजनालाई सरकारमा पठाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सो बैठकले सूचना तथा सञ्चारमन्त्रीमा कृष्णबहादुर महरा, भौतिक योजना तथा निर्माणमन्त्रीमा टोपबहादुर रायमाझी, शान्ति तथा पुनःनिर्माणमन्त्रीमा वर्षमान पुन र पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा खड्गबहादुर विश्वकर्माको नाम सिफारिस गरिएको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

पार्टीका तर्फबाट सरकारमा सामेल हुने व्यक्ति समानुपातिक र समावेशीका आधारमा चयन गरिने प्रवक्ता शर्माले बताए । उनले भने– ‘सिफारिस गरिएका मन्त्रीहरूले आजै सपथ लिनु हुनेछ । ’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %