‘राज्य हैन राष्ट चाहियो ।’ ब्राह्मण समाज (बाहुनहरुको भब्य सभा)

Read Time:3 Minute, 2 Second

काठमाडौ, १८ फागुन
ब्राह्मण समाज नेपालले काठमाडौमा सद्भावमूलक विशाल सभा आयोजना गरेको छ । देशका ६५ जिल्लावाट सहभागी ब्राह्मणहरु आफ्ना मौलिक पहिरन र भेषभुषामा सजिएर सहभागि भएका थिए । काठमाडौको विभिन्न भाग परिक्रमा गरेपछि ¥याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागी ब्राहमणहरुले राष्ट्रियता वचाऊ, ब्राहमणहरु आदिवासि हुन्, सवै जातजाति एक हौ लगायतका राष्ट्रियता झल्कने भाव वोकेका नारा सहितको प्ले कार्ड वोकेका थिए ।


जातिय विभेदरहित संविधान ब्राह्मण समाजको आह्वान भन्ने मुल नारा सहित आयोजना गरिएको सद्भाव सभामा ब्राह्मणहरुद्धारा स्वती वाचन , भजन , वेद मन्त्र उच्चारण र शंघध्वनी समेत सुनाइएको  थियो ।

ब्राहमण समाजका केन्द्रिय अध्यक्ष नारायणप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न सभामा क्षेत्री समाजका अध्यक्ष दिलवहादुर क्षेत्री , मधेशी समाजका प्रतिनिधि देव नारायण त्रिपाठी , ब्राह्मण समाजका सह अध्यक्ष लक्ष्मी संग्रौला लगायतले ब्राह्मणहरु जातिय राज्यको विरोधी भएको र मुलुकमा जातिय राज्यले राष्ट्रिय एकता कायम हुन नसक्ने हुदा यस्तो सदभाव सभाको आयोजना गर्नुपरेको उल्लेख गरे । संघीता ब्राह्मणहरुले स्वीकार गरेपनि जातिय आधारको संघियताले देश विभाजन साथै  राष्ट्रियता खतरामा पर्ने चेतावनी पनि दिए ।

आदिवासी जनजाति, मधेसी र दलितहरुले स्वायत्त प्रदेश, समानुपातिक प्रतिनिधित्व लगायतका माग राख्दै आन्दोलन गरिरहेको र जातीय राजनीति गर्न  थालेपछि सत्ताधारी जाति पनि झन बढी संगठित बन्दै गैरहेकाछन् । गत साल क्षेत्री समाजले पनि यसरी नै भब्य सभाको आयोजना गरेकोथियो । आफ्ना युवा दस्ता प्रदर्शन गरेकोथियो । देशमा बढिरहेको पहिचानको राजनीतिले सबै जातिले आ आफ्नो हित प्रवद्र्धन गर्न लागिरहेकाछन् । यसले सत्ताधारी जाति र बहिष्करणमा पारिएका जातिहरुको ध्रुबीकरण भएको देखाउदछ । अब सैद्धान्तिक राजनीति हैन पहिचानको राजनीति झाँगिदै जाने पनि पक्का जस्तैछ ।

राज्यसत्ता डटकम टिम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %