संवैधानिक समितिद्धारा ८३ वटा विवादित विषयमा एकीकृत मस्यौदा तयार गर्ने निर्णय

Read Time:1 Minute, 0 Second

काठमाडौँ, १७ माघ

संवैधानिक समितिको आज बसेको बैठकले संविधान लेखनका क्रममा विवादित ८३ वटा विषयमा सहमति खोज्दै एकीकृत मस्यौदा तयार पार्ने निर्णय गरेको छ । समितिले भोलिदेखि नियमित बैठक गर्ने र प्रारम्भमा शासकीयस्वरूपका विषयमा छलफल हुने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिए ।

विभिन्न समितिले संवैधानिक समितिलाई पठाएका सातवटा प्रतिवेदनका विवादित ती विषयमा छलफल गरी एकीकृत मस्यौदा तयार पार्न लागिएको उनले उल्लेख गरे ।संविधानको मस्यौदा लेखन प्रक्रिया प्रारम्भ भइसके पनि विवादित विषयले गर्दा पूर्ण रूप दिन कठिन भएको पनि सभापति आचार्यले बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %