दुई सदनात्मक ब्यवस्थामा दलहरु सहमत

Read Time:2 Minute, 1 Second

काठमाडौँ, १७ फागुन

संविधान लेखनमा देखिएका विवादित विषयमा सहमति जुटाउन गठित विवाद समाधान उपसमितिले केन्द्रमा दुई सदनात्मक व्यवस्थालाई नयाँ संविधानमा समेट्न सहमति जुटाएको छ ।

सिंहदरबारमा आज भएको सो उपसमितिको बैठकले केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था नयाँ संविधानमा राख्ने सहमति जुटाएको हो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपसमितिका सदस्य तथा नेपाली काँगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा कायम हुनेगरी नयाँ संविधानमा व्यवस्था गर्ने सहमति जुटेको जानकारी दिए  ।

सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उपसमितिका संयोजक तथा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा उत्साहजनक सहमति र छलफल भएको तथा यसबाट संविधानका विवादित विषयमा सहमति कायम हुँदै जाने बताए  ।

बैठकमा व्यवस्थापकीय अङ्गका बारेमा समेत छलफल भएको र सो विषयमा भोलि बस्ने उपसमितिको बैठकले ठोस निर्णय लिने जनाइएको छ । यसअघि संवैधानिक समितिमा केन्द्रमा कस्तो सदन राख्ने र सोको सङ्ख्या र नामका बारेमा विवाद कायम हुँदै आइरहेको थियो ।

संविधान लेखनमा देखिएका विवादित ७५ वटा विषयगत मुद्दामा सहमति जुटाउने उद्देश्यले संवैधानिक समितिअन्तर्गतको सो उपसमितिको म्याद यही फागुन मसान्तसम्म रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %