विराटनगर, १५ फागुन
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदे गोप्य सम्झौताका आधारमा बनेको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी नहुने बताइएकी छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सातबुँदे सहमति खारेज भएमा मात्र नेपाली काँग्रेसले सरकारमा जाने विषयमा सोच्न सक्छ भनिन ।
उनले प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक बेइमानी गरेर एकीकृत नेकपा (माओवादी)सँग गरेको सातबुँदे सम्झौता अपवित्र हो भन्दै यी दुवै पार्टीका नेताले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा पनि लोकतन्त्रको मर्मविपरीत हो भनिन । नेत्री कोइरालाले पार्टीमा आफूले दाबी गरेको उपसभापति पद कायमै रहेको स्पष्ट पारिन ।