संविधान जारी नभएसम्म संविधानसभाको कार्यकाल रहने सर्वोच्च अदालतको फैसलाप्रति राप्रपा नेपालको विरोध

काठमाडौँ, १५ फागुन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधान जारी नभएसम्म संविधानसभाको कार्यकाल रहने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ ।

सर्वोच्च अदालतको पछिल्लो फैसला प्रजातन्त्रको मूल्यमान्यता विपरीत रहेको, चाँडो संविधान निर्माण भई शान्ति र स्थिरता कायम रहोस् भन्ने जनचाहना कुठाराघात गरेको तथा राजनीतिक उद्देश्यबाट अभिप्रेरित रहेको भन्दै पार्टीले यसले शक्तिपृथकीकरणको विश्वव्यापी सिद्धान्तलाई कमजोर तुल्याउनका साथै न्यायिक स्वेच्छाचारिता र अराजकतासमेत बढ्दै जाने खतरालाई सङ्केत गरेको जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %