यसपटकको मगरसक्रान्तिमा राजधानीको खुलामन्चमा डिस्को नचाई रमिता गरेको नेपाल मगर संघ केन्द्रिय समितिले मगर दिवसमा पनि त्यस्तै रमिता गर्न गैरहेकोछ । आफ्नो पहलमा मगर दिवस मनाउन नसकेपछि १७ वटा अन्य मगर संस्थाहरुले यसपटकको केन्द्रिय रुपमा मगर दिवस मनाउन गैरहेकाछन् । मगरसंघले के गर्देछ त ? प्रश्न उठ्छ, तर अचम्म छ, मगरसंघ केन्द्रिय समिति मगर दिवस मनाउन हैन मगरसंघ भांड्न रुपन्देहीमा आफ्नो शक्ति खर्चन दुई महिना देखि बुटवलमा डेरा जमाएर बसिरहेकोछ । यसका केन्द्रिय नेतृत्व सबै यहाँ भेला भएर रुपन्देहीका मगरबीच युद्ध गराउन उद्दत छन् ।
केन्द्रिय समितिले बुटवलमा आई ६ फागुनमा बैठक गरी ंअन्चलस्तरिय मगर दिवस मनाउने अचम्मको निर्णय गरेपछि मगरहरुबीचमै आन्तरिक विवाद देखिएको छ । गत साल केन्द्रिय समितिले रुपन्देही जिल्लाको १८ औ अधिवेशनबाट निर्वाचित अध्यक्ष दल बहादुर विरकट्टामगरको कार्यसमितिलाई मान्यता नदिएपछि रुपन्देहीमा मगरहरुमा दुई फाटो देखिएकोछ । दलीय हिसाबले ध्रुबीकृत भएकाछन्, यहाँका मगरहरु ।
एमाओवादी र एमालेले आफ्नो पक्षलाई भएभरको बल लगाउदापनि जिताउन नसकेपछि केन्द्रिय समितिले बुटवल अमरभवनमा यम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । जनमुक्ति पार्टी समर्थक बिरकट्टालाई केन्द्रिय समितिले मान्यता दिएको थिएन । जननिर्वाचित भएपनि । त्यसैले रुपन्देहीका मगरहरु केन्द्रिय समितिसंग निकै रुष्ट भएका छन ।
केन्द्रको यस्तो विवादास्पद र आफु-आफुलाई लडाउने निर्णय आएपछि यहाँका मगरहरुले त्यसको विरोध गर्दे केन्द्रिय निर्णयलाई बहिष्कार गरेकाछन् । २९ औ मगर दिवस रुपन्देहीका नगरपालिका र गाविसका समितिहरुले केन्द्रको निर्णय र कार्यक्रमलाई वहिष्कार गर्दै आ-आफनो तरिकाले आफनै नगर र गाविसमा मनाउने भएका छन । सिद्धार्थनगर पालिका , पडसरी ,चिलिया हाटीफरसाटिकट, मधौलिया, आन्नदबन, शंकरनगर, केरवानी, करैया, अमुवा, गजेडी, रुद्रपुर, सिक्टहन, दुधराक्ष, दयानगर, सेमलार र टिकुलीगढहरुले आफनै गाविस र नगरमा भव्यताको साथ मगर दिवस मनाउने भएका छन ।
केन्द्रले अंचलस्तरिय भनेपनि उक्त कार्यक्रममा पाल्पा, कपिलवस्तु र नवलपरासी जिल्लाले पनि सहभागी नहुने जनाएका छन । केन्द्रले गर्ने कार्यक्रममा मगर विद्धान एम एस थापामगरलाई सम्मान गर्ने जनाएपनि थापाले रुपन्देहीमा विवाद देखिएकोले आफुले सहभागीताको लागी असमर्थता जनाएको खबर प्राप्त भएको छ । त्यस्तै २९ औ मगर दिवसको कार्यक्रममा पूर्व केन्द्रिय अध्यक्ष गोरे बहादुर खपाङ्गी नवलपरासी जिल्लले आयोजन गर्ने कार्यक्रममा सहभागी हुने भएकाछन । धेरै जसो ब्यक्ति त्यसतर्फ जानसक्ने बताइएकोछ ।
केन्द्रिय अध्यक्ष झक बहादुर थापाले रुपन्देहीको कार्यक्रममा २०,००० मगरहरु उपस्थित गराउने भनी आफ्नो दल नजिकका पत्रपत्रिकामा अन्र्तवार्ता दिएपनि सिगैं रुपन्देहीकै मगरहरुले वहिष्कार गरेपछि २०० पनि सहभागी हुन नदेखेपछि विरकट्टासंग वार्ता गर्न खोजिरहेकाछन् ।
केन्द्रले देशभर कुनै कार्यक्रम पनि नल्याउने जिल्लामा आएर मगर एकता दिवसमा मगरहरुकै एकतामा भाँजो हाल्ने काम गर्ने भन्दै केन्द्रको कार्यक्रममा मगर युवाहरु ले कालो झण्डा देखाउने र नसीहत दिने भन्दै रुपन्देहीका युवाहरु लगातार बैठक बसेकॊ खबर बाहिर आईरहेको छ । स्मरण रहोस्, नेपाल मगर संघ रुपन्देहीको रजत महोत्सव २०६३ सालमा फाल्गुन १५ को दिन बुटवल बहुमुखी क्यापसमा मनाउने कार्यक्रमको तयारी गर्दै गर्दा तत्कालिन बुटवल मगर संघका अध्यक्ष रुपिसंह थापालाई आठ दलका विद्यार्थी संगठनका विद्यार्थीले कालो मोसो दल्दै गर्दा मगर युवाहरुले नै ती विदार्थीहरुलाई भगाएका थिए । यो विवादमा गैर जनजाति पत्रकारहरुले समेत चोट खाएकाथिए । यो मुद्दा तत्कालिन प्रधानमन्त्ती सम्म पुगेकोथियो । तर पछि रुपन्देहीमा मगर यूवाहरु घरघबाट सडकमा निस्केर आन्दोलित भएपछि तत्कालिन सरकार र स्थानीय प्रशसनले माफी मागेकोथियो ।
मगर यूवा संघका एक पदाधिकारीको भनाईमा त्यतिबेला बाहिरियाहरुसंग डटेर लडिएजस्तै यसपटक आन्तरिक रुपमै भीडन्त हुने संभावना बढेर गएको छ र यस्तो कार्यमा मगर संघ केन्द्रिय समितिले मूख्य रोल निभाइरहेकोछ ।
सूर्य सारु