मन्त्रीपरिषद् विस्तार गर्ने विषयमा माओवादी र एमालेवीच भएको वार्ता निष्कर्षविहीन

Read Time:1 Minute, 34 Second

काठमाडौँ, १३ फागुन

एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा  बसेको बैठक विनानिष्कर्ष टुङ्गिएको छ ।

सातबुँदे सहमतिको मर्म विपरित गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयम्ले राखेर हाललाई मन्त्रिपरिषद् गठन गर्ने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालको प्रस्तावप्रति आफूहरु असहमत रहेको माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए  ।

“सातबुँदे सहमति संशोधन पनि गर्ने र गृह मन्त्रालय पनि आफैँ राख्ने नेकपा (एमाले) का निर्णय मान्न हामी बाध्य छैनौँ”, बैठकपछि  उपाध्यक्ष श्रेष्ठले भने ।

खनाल नेतृत्वको सरकारमा सामेल हुने वा नहुने भन्नेबारेमा पार्टीको आजै बस्ने स्थायी समिति बैठकले निर्णय गर्ने जानकारी उनले दिए  । बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र ईश्वर पोखरेल थिए  । त्यसैगरी, माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र श्रेष्ठ सहभागि थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %