अरु दललाई विश्वासमा लिन एमाले र माओवादीले सात वुदेवारे स्पष्ट पार्नु पर्दछ : देउवा

Read Time:1 Minute, 49 Second

पोखरा, १३ फागुन

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादीबीच भएको सातबुँदे सहमतिमा केही कुरा अस्पष्ट भएकाले दुई दलका शीर्षस्थ नेताहरुले त्यसलाई प्रष्ट पारेर अन्य दललाई विश्वासमा लिनुपर्ने बताएका छन ।

नेपाल प्रेस युनियन कास्कीले पोखरा विमानस्थलमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले दुई दलबीचमा नै कुरा नमिलेर राजनीतिक अन्योल अझ बढेर गएको धारणा राखे  ।

नेपाली काँग्रेसको केन्द्रीय समितिले माओवादी र एमालेबीच बन्ने सरकारमा नजाने र प्रतिपक्षमा नै बसेर गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने निर्णय गरिसकेको स्पष्ट पार्दै उहाँले पार्टीका केही नेताले सरकारमा जाने कुरा गर्नु त्यो व्यक्तिगत विचार मात्रै हो भने  ।

नेता देउवाले संविधान बनाउने काम भने नरोकिएको र केही असहमतिका बुँदाको टुङ्गो लगाउन दलहरुको सहमतिबाट उपसमितिहरु पनि गठन गरिएको स्मरण गराए  । माओवादीका लडाकूहरुको समायोजन र पुनःस्थापना नभएसम्म शान्तिप्रक्रिया अघि नबढ्ने र नयाँ संविधान पनि नबन्ने भन्दै उहाँले माओवादी लडाकू र हतियारको छिट्टै टुङ्गो लगाउनुपर्नेमा जोड दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %