संवैधानिक समितिको बैठकमा उप समिति गठन गर्ने विषयमा छलफल

Read Time:1 Minute, 6 Second

काठमाडौँ, १२ फागुन

संविधानसभा, संवैधानिक समितिको आज बिहान बसेको बैठकमा राज्य पुनःसंरचना आयोग गठन, संविधान निर्माण प्रक्रियालाई सहजरूपमा अगाडि बढाउन उप समिति गठन एवम् शान्ति प्रक्रियाका बारेमा छलफल भयो ।

संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका शीर्ष नेतृत्वहरु सहभागी भएको सो बैठकमा सहभागीहरूले ती विषयमा दलहरुका दलगत धारणा राखेको नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई जानकारी दिए  ।   उनले भने “राज्य पुनः संरचना आयोगले नै राज्यको पुनः सरचना गर्नुपर्छ ।”

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले संविधानलेखन कार्यलाई अगाडि बढाउन उपसमिति निर्माण गर्नु राम्रो भएको  बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %