लिवियामा अलपत्र परेका नेपालीको तल्काल उद्धार गर्न दवाव दिदै परराष्ट्र मन्त्रालयमा धर्ना

Read Time:1 Minute, 22 Second

काठमाडौँ, १२ फागुन
लिवियामा भएको हिंसात्मक विद्रोहमा अलपत्र परेका नेपालीलाई अविलम्ब उद्धार गर्नुपर्ने माग गर्दै आज परराष्ट्र मन्त्रालयमा एकघण्टा धर्ना दिइएको छ । पीडित परिवार र नेपाल मानवअधिकार सङ्गठनद्वारा संयुक्त रुपमा आयोजित धर्ना बिहान १० बजेदेखि ११ बजेसम्म मन्त्रालयको ढोकामा गरिएको हो ।

विभिन्न मानवअधिकारवादी सङ्घसंस्था र नागरिक समाजका सदस्यहरुको समेत सहभागिता रहेको सो धर्नामा करिब दुईसयजनाको उपस्थिति रहेको थियो ।धर्नापछि सङ्गठनका अध्यक्ष सुदीप पाठकको नेतृत्वको एकटोलीले परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईलाई सो घटनाको विषयमा ध्यानाकर्षण गराउन एक ज्ञापनपत्र बुझाएको थियो ।

सङ्गठनका अध्यक्ष पाठकले लिवियामा अहिले करिब दुई हजार आठसय नेपालीको ज्यान जोखिममा रहेकाले सरकारले प्रतिनिधि पठाएर कूटनीतिक रुपमा तिनीहरुको सुरक्षा गर्नुपर्ने बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %