केन्द्रिय कमिटिको वैठकद्धारा सातबुँदे सहमतिका बारेमा गरेका निर्णय एमालेले माओवादीलाई जानकारी गरायो

Read Time:6 Minute, 2 Second

काठमाडौँ, १२ फागुन

नेकपा (एमाले)ले  आफ्नो पार्टीको हालै सम्पन्न  केन्द्रीय कमिटीको बैठकले सातबुँदे सहमतिका बारेमा गरेका निर्णय एकीकृत नेकपा (माओवादी)लाई जानकारी गराएको छ । 
सो पार्टीको अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच माघ २० गते भएको सातबुँदे सहमतिलाई एमालेको फागुन १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको थियो । 
एमाले अध्यक्ष खनालले आज बिहान एमाले संसदीय दलको कार्यालयमा माओवादीका अध्यक्ष दाहाललाई भेटी केन्द्रीय कमिटीले सातबुँदे सहमतिका बारेमा गरेको निर्णयलाई प्रष्ट पारेका थिए ।
भेटका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिँदै प्रधानमन्त्री खनालले भन्नुभयो, “मैले केन्द्रीय कमिटीले सातबँुदे सहमतिका बारेमा जे निर्णण ग¥यो, त्यो माओवादीका अध्यक्ष प्रचण्डलाई प्रष्ट पारे । ”
अध्यक्ष खनालले शीघ्र आफ्नो नेतृत्वको सरकारले पूर्णता पाउने जानकारी दिँदै माओवादी लगायत अन्य दल सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे । 
गृह मन्त्रालय कुन पार्टीले लिन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री खनालले सहमतिबाटै टुङ्गो लाग्छ । 
भेटपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त जानकारी दिँदै अध्यक्ष प्रचण्डले एमालेको केन्द्रीय समितिको बैठकले सातबुँदे सहमतिका बारेमा जसले जसरी व्याख्या गरे पनि हुने गरी निर्णय गरेको हुँदा यसका अर्थ बारेमा  प्रधानमन्त्रीले आफ्नो पार्टीलाई जानकारी दिएको बताए। 
उनले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री खनालले सातबुँदे सहमतिका बारेमा स्पष्ट पारेको र यसलाई आफ्नो पार्टीको स्थायी कमिटीको बैठकमा राख्ने जानकारी दिए  । 
माओवादी गृहमन्त्रालय नपाए सरकारमा नजाने हो भन्ने प्रश्नको जवाफमा अध्यक्ष दाहालले सहमतिका आधारमा गृह मन्त्रालयको टुङ्गो लगाउने बताए  । 
एमालेले सातबुँदे सहमतिका बारेमा गरेको निर्णय एवम् समसामयिक राजनीतिक अवस्थाका बारेमा  छलफल गर्न माओवादीको स्थायी समतिको बैठक आज बस्दैछ ।एमालेले केन्द्रिय  कमिटिको  वैठकद्धारा  सातबुँदे सहमतिका बारेमा गरेका  निर्णय  माओवादीलाई गरायो  
काठमाडौँ, १२ फागुन । नेकपा (एमाले)ले  आफ्नो पार्टीको हालै सम्पन्न  केन्द्रीय कमिटीको बैठकले सातबुँदे सहमतिका बारेमा गरेका निर्णय एकीकृत नेकपा (माओवादी)लाई जानकारी गराएको छ । 
सो पार्टीको अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डबीच माघ २० गते भएको सातबुँदे सहमतिलाई एमालेको फागुन १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको थियो । 
एमाले अध्यक्ष खनालले आज बिहान एमाले संसदीय दलको कार्यालयमा माओवादीका अध्यक्ष दाहाललाई भेटी केन्द्रीय कमिटीले सातबुँदे सहमतिका बारेमा गरेको निर्णयलाई प्रष्ट पारेका थिए ।
भेटका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिँदै प्रधानमन्त्री खनालले भन्नुभयो, “मैले केन्द्रीय कमिटीले सातबँुदे सहमतिका बारेमा जे निर्णण ग¥यो, त्यो माओवादीका अध्यक्ष प्रचण्डलाई प्रष्ट पारे । ”
अध्यक्ष खनालले शीघ्र आफ्नो नेतृत्वको सरकारले पूर्णता पाउने जानकारी दिँदै माओवादी लगायत अन्य दल सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे । 
गृह मन्त्रालय कुन पार्टीले लिन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री खनालले सहमतिबाटै टुङ्गो लाग्छ । 
भेटपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त जानकारी दिँदै अध्यक्ष प्रचण्डले एमालेको केन्द्रीय समितिको बैठकले सातबुँदे सहमतिका बारेमा जसले जसरी व्याख्या गरे पनि हुने गरी निर्णय गरेको हुँदा यसका अर्थ बारेमा  प्रधानमन्त्रीले आफ्नो पार्टीलाई जानकारी दिएको बताए। 
उनले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री खनालले सातबुँदे सहमतिका बारेमा स्पष्ट पारेको र यसलाई आफ्नो पार्टीको स्थायी कमिटीको बैठकमा राख्ने जानकारी दिए  । 
माओवादी गृहमन्त्रालय नपाए सरकारमा नजाने हो भन्ने प्रश्नको जवाफमा अध्यक्ष दाहालले सहमतिका आधारमा गृह मन्त्रालयको टुङ्गो लगाउने बताए  । 
एमालेले सातबुँदे सहमतिका बारेमा गरेको निर्णय एवम् समसामयिक राजनीतिक अवस्थाका बारेमा  छलफल गर्न माओवादीको स्थायी समतिको बैठक आज बस्दैछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %