अपनडिसाइटिस बिरामीको उपचारमा सहयोग गर्नुहोस्

Read Time:1 Minute, 30 Second

११ फाल्गुन जापान
म्याग्दी जिल्ला लुलांग गाबिस ३ निबासी  दल बहादुर पुन मगर रोजगारीको शिलसिला मा जापान छिरेको साढे दुइ बर्ष पुग्दा अचानक आन्द्रामा भएको एक किसिमको बिमारी ( अपनडिसाइटिस) को कारण गत महिनाको २९ का दिन मगरसंघ जापान समिति का अध्यक्ष राजु राना मगरले आइची जोसुई स्थित कोसे हस्पिटल सम्म उपचार का लागि पुरयाएकाथिए ।
उपचारको क्रममा हस्पिटलको एक डाक्टर का अनुसार खर्च कम हुने बताइएपनि पछि  ६५०००० (छ लाख पचास हजार) जापानिज येन लागेको हुनाले हाल उक्त रकम भुक्तान गर्नमा सरल होस् भन्ने उद्देश्यले मगर सेवा समिति टोकाई जापानको पहलमा समितिका स्वास्थ्य तथा उद्दार बिभाग प्रमुख भिजेन्द्रमान पुन मगर को संयोजकत्वमा आर्थिक सहयोग संकलन भैरहेको अध्यक्ष राजु ले बताए ।
असक्त मगरलाई  सहयोग गर्न चाहनेहरुले भिजेन्द्रमान पुन मगर ०९०६०९१०३११  र राजु राना मगर ०८०३६४१९८५५ मा सम्पर्क गर्नु अध्यक्ष राजुले   जानकारी दिएका छन् ।

श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %