विदेशी शक्तिहरू नेपालको शान्तिप्रक्रिया विथोल्ने खोजेका छन् : प्रचण्ड

Read Time:1 Minute, 37 Second

बर्दिया, १० फागुन

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलगायतका देशी विदेशी शतिmहरू नेपालको संविधान बन्न नदिई शान्ति प्रक्रिया विथोल्न लागिपरेको बताएकाछन ।

एकीकृत नेकपा (माओवादी) जिल्ला सङ्गठन समिति बर्दियाद्वारा जनयुद्धको माइतीगाउँ सोरहवा–२ जगतियामा आयोजित भेलालाई सम्बोधन गर्र्दै अध्यक्ष दाहालले भने– ‘जनताको संविधान बन्न नदिन र शान्ति कायम हुन नदिन भारतलगायतका विदेशी दलाल र प्रतिक्रियावादी तत्वहरूले षड्यन्त्र गरिरहेका छन्, त्यसले हाम्रो स्वाभिमान र राष्ट्रियता सङ्कटमा परिरहेको छ ।’

उनले विदेशी दलाल र चाकडी गरेर बस्न चाहने तत्व देशमा स्थापित हुने खतरा बढेको स्पष्ट पार्दै भन्नुभयो– एकीकृत (माओवादी) र राष्ट्रियताविरुद्ध षड्यन्त्र चलेकाले त्यसकाविरुद्ध खबरदारी गर्न नेपाली जनता सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको जिकिर गरे ।  अध्यक्ष दाहालले विदेशी रिमोर्टकन्ट्रोलबाट चल्ने पुराना संरचनाका राजनीतिक दलहरूका कारण सरकार गठनमा ढिलाइ भइरहेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %