खुर्पा प्रहारबाट तीनको मृत्यु

Read Time:1 Minute, 6 Second

तनहुँ, ९ फागुन

खुर्पा प्रहारबाट सोमबार बिहान तनहुँमा तीन जनाको मृत्युभएको छ । एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा दमौली मालपोत लाइन निवासी दिलबहादुर सापकोटा, उनकी श्रीमती र व्यास–१०, देउरालीनगर निवासी टीकाराम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा टीकाराम श्रेष्ठकी श्रीमती पार्वती श्रेष्ठ रहेकी छन् । उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । व्यास–१० मालपोत लाइन निवासी २३ वर्षीय देविङ राना मगरले उनीहरुमाथि खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट टाउँकोमा चोट लागेको श्रेष्ठ दम्पत्तिमध्ये श्रीमान्को उपचारको क्रममा मृत्यु भएको हो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %