एसिसी महिला क्रिकेटमा नेपाल समूह विजेता

Read Time:1 Minute, 40 Second

काठमाडौँ, ९ फागुन

एसियाली क्रिकेट परिषद् (एसिसी) महिला ट्वान्टी ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा आज नेपाल लगातार चौथोँ जितका साथ समूह विजेता बनेको छ ।

कुवेतमा जारी हुवारा क्रिकेट मैदानमा समूह ख को अन्तिम प्रतिस्पर्धामा नेपालले चिरप्रतिद्वन्द्वी मलेसियालाई ९ विकेटले पाखा लगाई समूह विजेता बनेको हो । मलेसिया खेलमा टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाई ६८ रनमा सिमित रह्यो ।

नेपाल ६९ रनको फितलो चुनौतीलाई चार ओभरमा एक विकेट गुमाई विजयी रन पूरा गरी सफलता हात पार्न सफल भयो । मलेसियालाई कम रनमा खुम्चाउन रुविना क्षेत्री ३ र करुणा भण्डारीले २ विकेट लिए ।

प्रतियोगितामा नेपालले समूहचरणका खेलमा थाइल्याण्डलाई २१ रन, संयुक्त अरव इमिरेट्स (युएइ) लाई ८ विकेट र कुवेतलाई ४७ रनले पाखा लगाउदै विजयी यात्रा कायम गरेको थियो ।

प्रतियोगितामा यसअघिनै सेमिफाइनलमा प्रवेश पाएको नेपालले विहीवार हुवारा क्रिकेट मैदानमा समूह क को उपविजेता राष्ट्रको सामना गर्नेछ ।
–––

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %