काठमाडौँ, ६ फागुन
विगत लामो समयदेखि आन्दोलनरत अस्थायी शिक्षकहरुले स्थायी हुनुपर्ने माग राख्दै शिक्षा मन्त्रालयमा धर्ना दिएका छन् । मुलुकभरका प्रतिनिधि सम्मिलित अस्थायी शिक्षकहरुको टोलीले सेवा अवधि गणना गरी सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी गरिनुपर्ने माग राख्दै आज केशरमहलस्थित शिक्षा मन्त्रालयमा दुई घण्टासम्म धर्ना दिएका हुन् ।
बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म धर्ना दिइएको जानकारी दिँदै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका महासचिव दिनेश थापाले ज्ञापनपत्र बुझाउने आजको कार्यक्रम भने स्थगित गरिएको बताए ।
उनले भने— ‘शिक्षामन्त्रीको टुङ्गो लागेपछि मात्र ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरिएको छ ।’