काठमाडौं, फाल्गुन ५ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले दक्षिणपन्थीहरुले वर्तमान सरकार ढाल्ने षड्यन्त्र सुरु गरेको दाबी गरेका छन् । दाहालले सरकार ढाल्ने षड्यन्त्र आफ्नो दलले विफल पार्ने बताए ।
‘दक्षिणपन्थीहरुको स्वार्थअनुकुलको नबनेपछि सरकार ढाल्ने षड्यन्त्र सुरु भइसकेको छ,’ बिहीबार राजधानीमा वाईसीएलको चियापानमा दाहालले भने, ‘तर हामी यो पक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्धता छौं ।’
दाहालले बुधबार पोखरामा पनि वर्तमान सरकारले नै शान्ति र संविधान निर्माणको कार्यभार पूरा गर्ने दाबी गरेका थिए ।