हङकङ, फेब्रुअरी १२,
म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङ १२ बर्ष पुग्यो । यस अवसरमा एक कार्यक्रमको आयोजन गरियो । साथै मोना अन्तर्राष्ट्रिय समितिले प्रथम बर्षगाठ पूरा गरेकोमा दुबैको उत्सव एकै ठाँउ सम्पन्न भयो । यहि अवसरमा मोना हङकङले आफ्नो वेवपोर्टल http://www.myagdioverseas.org को पनि शुभारम्भ गर्यो ।
कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, विशेष अतिथि मोना अन्तर्राष्ट्रिय समितिका सदस्य तथा भूपू अध्यक्ष तुल्म राज रामजाली तथा अतिथिहरुमा हङकङ नेपाली डटकमका भरत आले, पुन मगर समाज हङकङका अध्यक्ष राजु गर्बुजा, समितिका सल्लाहकारहरु हर्क नारायण तुलाचन , टेक पुन, कमल रोका र आशा पाइजा लगायतका थिए । संघका अध्यक्ष दल सेर्बुजाको अध्यक्षतामा, सचिव लोकेश वोगटीको संचालन र सह सचिव रुपा चोचाङगीको स्वागत भाषणमा कार्यक्रम सम्पन्न भएकोथियो ।
अध्यक्ष सेर्बुजाले संघको १२ औं वार्षिक सफल पार्न हरतरहले सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिदै आगामी कार्यक्रमहरुमा पनि यसरी नै सहयोग तथा सहभागी हुने विश्वास गर्दै कार्यक्रम समापन गरेका थिए । मोना महिला समितिले तयार पारेको विभिन्न परिकार सहित लोक दोहरी गीत राती अबेर सम्म चलेकोथियो ।
मोना म्याग्दी जिल्लाबाट विश्वभर छरिएर बसोबास गर्ने जिल्लाबासीहरुको संस्था हो, जसले एक आपसका दुख-दुख साट्ने जस्तो महत्वपूर्ण कार्य गर्ने गर्छ । हगंकगंमा अन्य जिल्लाबासीका संस्थाको तुलनामा मोनाको सक्रियता र एकता बलियो रहेको मानिन्छ ।