काठमाडौ, फाल्गुन ५ –
मधेसी जनअधिकार फोरम (नेपाल) आफ्नो तीनबुँदे माग सम्बोधन नभइन्जेल सरकारमा नजाने भएको छ । अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्वकर्ता दलबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता र विश्वासनीय आधार भएमा मात्र आफ्नो पार्टी सरकारमा सामेल हुने उल्लेख गरेका हुन् ।
फोरमाले जेठ १४ मै संविधान जारी, त्यसअघि शान्ति प्रक्रिया टुंगयाउने र मधेसका मुद्दा सम्बोधनलाई सरकारमा सामेल हुने प्रमुख सर्त तोकेको छ ।