१३ फेव्रवरी २०११
हंगकंग मगर संघ हंगकंगको संयोजकत्वमा र हंगकंग नेपाली महासंघको आयोजनामा याउ मा तेइ कम्यूनिटी हलमा १३४ औं प्रथम शहिद क्या। लखन थापा मगर स्मृति दिवस भब्य रुपमा सुसम्पन्न भएको छ । महासंघमा हालसम्म आवद्ध भएका संस्था मध्येको संयोजक रहेको, दौरा सुरुवाल र खुकुरी भीरी लखन थापाकै भेषमा ठाटिएका मगर संघ हंगकंगका अध्यक्ष एम। वि। थापा मगरले प्रथम शहिदको जिवनीवारे जानकारी दिई ऐतिहासिक रुपमा नै प्रमाणित भइसकेको प्रथम शहिद लखन थापा मगरलाई राज्यले प्रथम शहिद घोषणा नगर्नु विडम्वना मात्रै होइन यो अपमान पनि हो भने ।
उनले अन्य शहिदहरु जयसिंग चुमी राना मगर , सुखदेव गुरुगं , श्रीपति गुरु¨ , सुपति गुरुगं¨, लालध्वज गुरुगं¨, चोक बहादुर गुरुगं¨, राम प्रसाद राई, रत्न कुमार वान्तवा राई सम्बन्धि गहिरो खोज अनुसन्धान गर्न इतिहासविद, राज्य र बुद्धिजिबीहरुलाई आहन गरेकाथिए । कार्यक्रमका प्रमुख अतिथि महावणिज्यदूत विनोद उपाध्यायलाई प्रथम शहिदको तस्वीर उनको कार्यालयमा राख्न उपहार दिइएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि स्याङजा जिल्ला क्षेत्र नं। १ का सभासद हितकाजी गुरुगंले शहिद कुनै एक जातको मात्रै नभइ सिंगो देशको भएकोले राष्ट्रले यस्ता ब्यक्तिहरुलाई प्रथम शहिद घोषणा गर्नु पर्छ र यो हंगकंगको आवाजलाई नेपालमा पनि लिएर जाने कटिबद्धता ब्यक्त गरेकाथिए ।
प्रमुख अतिथि महावाणिज्यदूत विनोद उपाध्यायले सम्वोधनको क्रममा शहिद सवैको साझा भएकोले सवैले मान्नु पर्छ , प्रथम शहिदको लागि आफ्नो तर्पmवाट सकेको सहयोग गर्ने भनी बचनबद्धता ब्यक्त गरे । त्यस्तै सम्वोधनको क्रममा महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बुले गत बर्ष आफ्नो कार्यकालमा लखन दिवस यसरी नै सबै नेपालीको संस्था महासंघले मनाउनु पर्छ भन्ने बिचार गरिएपनि विशेष कारणवश हुन नसकेको तर यो वर्ष राम्रो शुरुआत भएको भन्दै खुशी ब्यक्त गरेकाथिए । स्मरण रहोस गत वर्षसम्म प्रथम शहिद लखन थापा मगर स्मृति दिवस मगर संघ हंगकंग एक्लैले कार्यक्रम आयोजना गर्दै आएको थियो ।
अन्य अतिथिहरुमा याउ चिम मोङ डिष्ट्रीक काउन्सिलर डेरेक ओ¨ र विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यापार ब्यवसायी बुद्धिजिबी र सर्वसाधारणहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । (फोटो कथामा हेर्नाेस ) कार्यक्रम महासचिव रीता गुरुगंले सञ्चालन गरेकी थिइन । स्वागत मन्तब्य उपाध्यक्ष विष्णु पाख्रीनको थियो ।
सभापतिको आसन ग्रहण गरेका हगंकगं नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरले समापन सम्वोधनमा यसरी प्रथम शहिद लखन स्मृति दिवस मनाइ हंगकंगमा भएको सवै संघ संस्थाहरु एक भई शहिद सवैको साझा भएको सन्देश दिएको र यस्तो अब नेपालमा पनि हुनुपर्छ भने । आउदा दिनमा पनि प्रथम शहिद लखन स्मृति दिवस नेपाली महासंघको आयोजनामा मनाइने प्रतिवद्धता जाहेर गर्दै यो समितिमा निर्णय भैसकेको जानकारी गराए । कार्यक्रममा जनसांस्कृतिक मञ्चको तर्पmवाट शहिदको गाथा र सम्मान स्वरुप गीत प्रस्तुत गरीएको थियो । महासघले चाइनिज नय“ा बर्ष पारेर सद्भाव स्वरुप खेलाएको फुटवल प्रतियोगिताको सहभागी संस्था तथा विजेताहरुलाई सम्मान पत्र प्रदान गरेको थियो । १२ फिट उचाइ र ८ फिट चौडाइ भएको लखन थापाको हालसम्मकै ठूलो फोटो बनाई कार्यक्रम हलमा राखिएको थियो । कार्यक्रममा प्रथम शहिद लखन थापा मगरको जिवनी र फोटो निशुल्क वितरण गरीएको थियो ।
भीम थापा मगर