संसदमा अर्थमन्त्रीद्वारा चार विधेयक प्रस्तुत

Read Time:2 Minute, 38 Second

काठमाडौँ, २ फागुन

व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले “विभिन्न चार आर्थिक विधेयक” अलगअलग प्रस्तुत गरे । सभामुख सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री अधिकारीले “विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (अठारांै संशोधन) विधेयक,२०६७” प्रस्तुत गरेका हुन ।

बैठकको प्रारम्भमा नेपाली काँग्रेसका डा रामशरण महतले समय माग गरी एकीकृत नेकपा (माओवादी) बाट कब्जा गरिएका सम्पत्ति १५ दिनभित्र फिर्ता गर्ने भनिए पनि त्यो फिर्ता गर्नुको सट्टा केही दिनअघि बर्दियामा थप ३०० विघा जमिन कब्जा गरिएको समाचार सार्वजनिक भएकोतर्फ सरकारको ध्यानाकर्षण गरे ।

आफ्ना पार्टी नेता तथा कार्यकर्तालगायत सर्वसाधरणको जग्गा कब्जा गर्ने अभियान चलेकोमा आपत्ति प्रकट गर्दै उहाँले त्रास र बलको आधारमा कब्जा गरिएका ती सबै सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न र हालसम्म कब्जा गरिएको सम्पत्तिबारे स्वेतपत्र जारी गर्न सरकारसँग माग गरे ।  
गृहमन्त्रालय आफ्नो पार्टी मातहतमा राख्ने होड एनेकपा (माओवादी) र नेकपा (एमाले) बीच चलेकोमा दुःख व्यक्त गर्दै डा महतले सर्वसाधारणको सम्पत्ति कब्जा गर्ने पार्टीले नै गृहमन्त्रालयको जिम्मेवारी पाउने हो कि भन्ने जनतामा त्रास भएकाले एमाओवादीलाई अहिले गृह मन्त्रालयको जिम्मेवारी दिन नहुने धारणा व्यक्त गरे ।  
दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले धनुषामा शम्भु पासवानको सरक्षाकर्मीबाटै हत्याभएको आरोप लगाउँदै पीडित परिवारलाई क्षतिपूर्तिको माग गरे । उनले समावेशीको अवधारणाअनुसार प्रहरी सेवा अघि बढ्न नसकेको भनी दुःख व्यक्त गरे । आधा घण्टापछि बस्ने गरी व्यवस्थापिका–संसद्को यो बैठक स्थगित भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %