संसदद्धारा चार विधेयक स्वीकृत

Read Time:1 Minute, 7 Second

काठमाडौँ, २ फागुन

व्यवस्थापिका–संसदको आज बैठकले विनियोजन विधेयक २०६७, आर्थिक विधेयक २०६७, राष्ट्र ऋण उठाउने विधेयक, २०६७ र ऋण तथा जमानत (अठारौंँ संशोधन) विधेयक,२०६७ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

अघिल्लो सरकारले गत मङ्सिर ४ गते अध्यादेशमार्फत ल्याएको विधेयकलाई प्रतिस्थापन गर्न यी  चार विधेयक संसद्मा प्रस्तुत गरिएको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले ती विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिंँदै सांसदले उठाएका चासो र चिन्तालाई सम्बोधन गर्न प्रयास गरिने बताए ।

उनले पूर्ण वा पूरक कस्तो खालको बजेट ल्याउने भन्ने विषयमा आफू खुल्ला रहेको बताउँदै जस्तो बजेट ल्याए पनि सहमतिकै आधारमा ल्याइने विश्वास दिलाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %