देवदह फागुन २
सहिद राष्ट्रको गहना भएकोले सहिदलाई सवैले सम्मान गर्नुपर्ने रुपन्देहकिा स्थानीय विकास अधिकारी तारा बहादुर कार्कीले बताए । नेपाल मगर संघ रुपन्देही द्धारा आज रुपन्देहीको शंकरनगरमा आयोजित प्रथम सहिद क्या लखन थापामगरको १३४ औं स्मृति दिवसको अवसरमा उक्त कुरा बताएकाहुन् । सो अवसरमा उनले सहिद लखन थापामगर मगरहरुको मात्र नभई सम्पूर्ण नेपालीहरुको सहिद भएको हुदाँ राज्यले प्रथम सहिद घोषणा गर्नु पर्ने बताए ।
नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टमगरको अध्यक्षता, कमला पुनको स्वागत र खेमेन्द्र रानाको संचालनमा सम्पन्न भएको कार्यक्रममा पुर्व सासंसद वावुराम राना, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य केशव सूर्यवंशी, नेपाल आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष भिम गुरुङ्ग, मगर युवा संघका महासचिव श्रीधर राना, नेपाली कांग्रेसका यम बहादुर खत्री, राष्ट्रीय जनमुक्ति पार्टीका भैरव थापा र शंकरनगर गाविसका सचिव लक्ष्मण अर्याल लगायतले बोल्दै राज्यले लखन थापालाई तत्काल प्रथम सहिद घोषणा गर्नु पर्नेमा जोड दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि तारा बहादुर कार्कीले शंरनगरको वनवाटीका निर्माण हुन लागेको प्रथम सहिद क्या लखन थापामगर तथा मगर ऐतिहासिक संग्राहलयको भवनको सिलायन्स समेत गरेकाथिए ।
नेपाल मगर संघ रुपन्देहीले प्रथम शहिद क्या लखन थापामगरको १३४ औ स्मृति दिवसको दिन वेलहियाबाट मोटरसाईकल रयाली गरेको थियो । रुपन्देही जिल्लाका एसपी शेर बहादुर वस्नेतले उद्धघाटन पछि मोटरसाईकल रयाली भैरहवा बजार हुदै बुटवल गोलपार्कबाट फर्की लखनचोक बुटवलमा शहिद लखनको प्रतिमामा मार्लापण पश्चात शंकरनगर गाविसको शंकरनगर बनवाटिकामा गई सभामा परिणत भएको थियो । बनवाटिकामा गाविसले नेपाल मगर संघलाई २ विगाहा जग्गा शहिद लखनपार्क तथा मगर अनुसन्धान केन्द्र स्थापनाको लागी जिम्मा लगाएको जानकारी संघका अध्यक्ष दल बहादुर विरकटटामगर बताएका छन । उक्त केन्द्रको उद्धघाटन रुपन्देही जिविसका सभापति तारा बहादुर कार्कीले बौद्ध परम्परा अनुसार गरेका थिए । मोटरसाईकल रयालीमा ३०० जना सहभागी थिए भने शहिद लखन लाई प्रथम शहिद घोषणा गर्नु पर्ने माग राख्दै जनजाति युवाहरुको उल्लेख्य सहभागी थियो ।
त्यसै गरि नेपाल मगर संघ देवदह ईकाई समितिको आयोजनामा पनि १ सय ३४ औं सहिद क्या।लखन थापा स्मृति दिवस मनाइएको छ । रुपन्देहीका जिल्ला समिति सह सचिब चिरन पुनले फाल्गुन २ गते लाई राज्यले प्रथम शहिद दिवस को रुपमा घोषणा गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य गंगा पल्ली, एकिकृत माओबादीका देवदह सह९ ईन्चार्ज चोडा प्रसाद चापागाई, मगर संघ देवदहका सल्लाहकार डम्बर बहादुर थापा, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, भिम गुरुङ्ग लगाएतले बोल्दै लखन थापालाई प्रथम सहिद घोषणा गर्न मगरहरु मात्र नभई सबै लाग्नुपर्ने बताएकाथिए । नेपाल मगर संघ देवदह का अध्यक्ष पदम थापाको अध्यक्षता, लाल बहादुर दर्लामीको स्वागत र टेक बहादुर थापाको संचालनमा कार्यक्रम भएको हो ।
गोविन्द घर्ति
तस्वीर सूर्य सारु