लन्डन , १२ फेव्रअरी
नेपालका प्रथम सहिद लखन थापा मगरको १३४औं स्मिर्ती दिवस, १२ फेब्रुअरी २०११, शनिबारको दिन नर्थोल्ट पार्क सोसिअल क्लब, नर्थोल्ट, लन्डनमा दिनको १ बजे देखि ७ बजे भब्यताका साथ सम्पन्न भयो ।
कार्यक्रममा सहिद लखनको तस्बिरलाई बोकेर आमन्त्रित पाहुनाहरुको साथ नौमती बाजाले स्वागत गर्दै हलभित्र भित्र्याइएको थियो। मूख्य अतिथि बेलायतका लागि नेपाली राजदुत डा सुरेश चन्द्र चालिसेले सहिद लखनको तस्बिरमा माल्यापण र पानसमा बत्ती बालेर उक्त स्मिर्ती दिवस शुभारम्भ गरिएको थियो।
बिभिन्न जातिय र साहित्यिक संगठनहरुबाट पाल्नुभएका प्रतिनिधिहरुको आसन ग्रहण पछी रमेश खपाङीले सहिद लखनको जिवनिमा एउटा खोजपुर्ण मन्तब्य ब्यतm गरेका थिए।
देरादुनमा सहिद लखनको नातिनी भेटिएको र वहाबाट लखनको बारेमा धेरै तथ्यकुराहरु थाहा पाएको खपाङीजीले बताएका थिए। साथै सहिद लखन एउटा जातको मात्रै नरही सम्पुर्ण नेपाल राष्ट्रको गौरब र गहना भएकोले सहिद लखन को स्मिर्ती दिवस आउने दिनहरुमा नेपाली राजदुतावास, एन आर एन र जनजाति महासंघ जस्ता जिम्मेवार पच्छहरुले सङठीत रुपमा आयोजना गर्नुपर्ने दायित्व रहेको औंल्याएका थिए।
खपाङीको यस खोजपुर्ण प्रबचनपछि कबिता, मुक्तक, गीतहरु सुनाएर र मन्तब्य भनेर कार्यक्रमलाई अगाडि बढाइएको थियो। कबिता बाचनगर्नेहरुमा प्रतिभा प्रतिस्ठान बेलायतका कबीहरु नरेश काम्बाङ, देबेन्द्र खेरेश, बिजय हितानस अन्तररास्ट्रिय नेपाली साहित्य समाजका कबीहरु डा रुपक श्रेस्ट, गोपी कृष्ण प्रसाइ, जयालछ्मी राइ, लक्ष्मी राइ, सशी सुब्बा, नेपालबाट भ्रमणमा आउनुभएका बिसिस्ट साहित्यकार बिस्वबिमोहन श्रेस्टस स्थानिय कबीहरु हेम सेठ, दुत पुन, युबहादुर गर्बुजा थिए । पदम थापाले कार्यक्रमको सन्चालन गरेका थिए ।
बेलुका सात बजे स्मिर्ती दिवसका सभापति मगर संघ बेलायतका अद्धछ्य मेजर कुलबहादुर थापाको समापन भासण पछी उक्त दिनको औपचारिक कार्यक्रम अन्त्य गरिएको थियो। बेलुकाको नेपाली खाना खाएपछी लोक निर्त्य प्रस्तुत गरेर आमन्त्रित ब्यक्तिहरुलाई मनोरन्जन पनि प्रदान गरिएको थियो।
स्मरण रहोस लखन थापा मगरलाई सन १९९९ मा नेपाल सरकारले प्रथम सहिद भनेर घोषणा गरेको थियो। उनीलाई जहानिया राणा साशनको बिरुद्दमा आवाज उठाएबापत जङबहादुर राणाले सन १८७७ को २७ फेब्रुअरीमा आफ्नै गाउँ बुङ्कोट, गोर्खामा खरीको बोटमा झुन्डाएर मार्न लगाएका थिए। सन १८३५ मा जन्मेका थापा मगर नेपाली सेनाको कप्तान पदको जागिर त्यागेर जन(सेना तयार बनाइ निरन्कुश साशनको बिरुद्द लडाईं सुरुआत गरेका थिए। उनैले देखाएको साहसबाट प्रभाबित भएर धर्म भक्त, सुक्रराज, गँगालाल, र दसरथ चन्द जस्ता चार सहिदको रगतले नेपालमा प्रजातन्त्र उदय हुन सकेको तथ्य उक्त दिवसमा सबैले महसुस गरिएको थियो।
बिजय हितान