तनहुँमा मैनबत्ती बालेर सम्पादकीय लेखियो

Read Time:2 Minute, 6 Second

तनहुँ, २ फागुन

तनहुँको सदरमुकाम दमौलीबाट प्रकाशित हुने सेतीमादी दैनिकले आइतबारदेखि मैनबत्ती सम्पादकीय प्रकाशित गर्न सुरु गरेको छ । दैनिक बढ्दो लोडसेडिङका कारण पत्रिका प्रकाशित गर्न कठिनाइ भएपछि विरोधस्वरुप सो अभियान थालिएको हो ।

लोडसेडिङका कारण सञ्चारमाध्यमले भोग्नुपरेको पीडाको  विरोधस्वरुप एक हप्तासम्म मैनवत्ती बालेर सम्पादकीय लेखिने पत्रिकाका सम्पादक डम्बर अधिकारीले बताए । मुलुकमा पूर्णरुपमा लोडसेडिङ अन्त्य नभएसम्म सम्पादकीयको माथिल्लो भागमा मैनबत्तीको तस्विर राखेर विरोध जनाउने समेत सम्पादक अधिकारी जानकारी दिए ।

लोडसेडिङको समस्याले मोफसलका पत्रिकाका सम्पादकहरूले निकै समस्या भोग्नुपरेको छ ।  सेतीमादी दैनिकका कम्प्युटर अपरेटर रामकृष्ण कँुवर लोडसेडिङका कारण पत्रिकाको  सेटिङमा निकै समस्या भोग्नुपरेको बताए ।

यसैगरी दमौलीबाट प्रकाशित हुने लोकवाणी दैनिकका कम्प्युटर अपरेटर कृष्ण न्यौपानेले लोडसेडिङका कारण समयमा काम नसक्दा निकै तनाब बेहोर्नुपरेको बताए ।  दमौली एफएमका समाचार संयोजक प्रदीप काफ्लेले लोडसेडिङले गर्दा समाचार भन्दाभन्दै रेडियो बन्द गर्नुपरेको गुनासो पोखे । लोडसेडिङका कारण हाल तनहुँमा प्रकाशित हुने चार दैनिक, एक साप्ताहिक र पाँच रेडियोले समस्या खेप्दै आएको सञ्चार संस्थाका सञ्चालकहरूको गुनासो छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %