हगंकगंमा तामाङ ल्होछारको रौनक {फोटो फिचर}

Read Time:2 Minute, 15 Second

हङ्कङ तामाङ घेदुङ संघले मंकिहिलमा तामाङहरुको महान चाँड २८४७ औ सोनाम ल्होछार- नयां बर्ष (हेल्हो, बिरालो बर्ग) २०११ लाई स्वागत गर्दै ताक ल्हो (बाघ बर्ग ) लाई बिदाई गरी हसौल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरी साँस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम हरुको साथमा सम्पन्न गर्यो ।संघको कार्यबाहक सभापति दुर्गा तामाङ्को सभापतित्वमा सचिब बिष्णु पाख्रिनले कार्यक्रम सन्चालन गरेका थिए भने समितिकै सदस्य चन्द्र पाख्रिनले  पाहुनाहरुलाई स्वागत गरेकाथिए । हङ्कङ नेपाली महासंघका अधक्ष प्रदिप थापा प्रमुख अतिथी थिए ।

आदिबासी जनजाती महासंघ तथा मगर संघ हङ्कङ्का अधक्ष एम बि थापा मगर,ब्रिटिश गोर्खा भुतपूर्व सैनिक संघ हङ्कङ का हेम प्रताप गुरुङ,पद्मसम्भव च्यारिटेबल गुम्बाका धर्म गुरु छिरिङ्ग तामाङ बिशेष अतिथीमा थिए । अन्य अतिथी हरुमा बिभिन्न सस्थाका अध्यक्ष प्रतिनिधिहरुको उपस्थिती थियो ।

प्रमुख अतिथी,बिशेष अतिथी, अतिथी हरुले सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका थिए ।  कार्यक्रमको सुरुवात धर्म गुरु छिरिङ्ग तामाङ र सँस्थाका गामबा कुल मान तामाङ बाट भगवान बुद्धको पूजा गरी उपस्थित पाहुनाहरुलाई वाङ र आसिर्बाद दिएका थिए । प्रमुख अतिथी बाट यस बर्षको  पोख्रेली झ्यालका बिजेता तोप राज तामाङ र शारीरिक सुसंगठनका उपबिजेता तमुर तामाङलाई प्रसंशा पत्र द्वारा सम्मान गरिएको थियो।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %