बजेट पारित गर्न माओवादी सहमत

Read Time:1 Minute, 14 Second

 

काठमाडौँ, १ फागुन 

 प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यादेशबाट ल्याइएको बजेटलाई पारित गर्ने सहमति भएको छ ।

दुई शीर्ष नेताबीचको छलफलमा मन्त्रालय बाँडफाँड र सरकारलाई पूर्णता दिने विषयमा छलफल भए पनि कुनै सहमति नभएको भेटमा सहभागी माओवादी नेता देव गुरुङले पत्रकारहरूलाई बताए ।

उनले प्रधानमन्त्रीले एनेकपा माओवादीलाई दिने भनिएका मन्त्रालयकाबारेमा पार्टीभित्र सहमति कायम गरी फेरि वार्ता गर्ने भनेकाले आज सहमति हुन नसकेको जानकारी गराए  ।

गत पुस ३ गते सरकारले अध्यादेशद्वारा ल्याएको बजेट ६० दिनभित्र अर्थात् फागुन ३ गतेभित्र व्यवस्थापिका–संसदबाट पारित गराइसक्नुपर्ने प्रावधान रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %