प्लमस्टिड, लण्डन ।
१२ फेब्रुअरी
गुरुङ समाज प्लमस्टिडले सडक दुर्घटनामा परि घाइते भएका कृष्ण गुरुङको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाली टेलिभिजन बेलायतको सभाहलमा एक विशेष कार्यक्रमबीच रकम हस्तान्तरण गरीएको हो । तमुधी प्लमस्टेडका अध्यक्ष रि। क्याप्टेन नारायण गुरुङले एक कार्यक्रमकाबीच संकलित २१०५ पाउण्ड गुरुङ परिवारलाई हस्तान्तरण गरेका हुन । सो रकम संकलन गर्नका लागि नेपाली टेलीभिजनका प्रमुख मोहन गुरुङ तथा गुरुङ समाज प्लमस्टिडका अगुवाहरुले अग्रणी भुमिका निर्वाह गरेका थिए ।
गतसाल डिपेण्डेन्ट भिषामा बेलायत आएका कृष्ण गुरुङ साउथ इष्ट लण्डन स्थित चाल्र्टनमा भएको दुर्घटनामा घाइते भएका थिए । डिसेम्बर १ मा साइकलमा यात्रारत उनलाई कारले ठक्कर दिंदा उनी अचेत अवस्थामा थिए । घाइते गुरुङको बेलायतस्थित ह्वाइटच्यापल अस्पतालमा उपचार भइरहेको छ । उनी अहिले सम्म पनि अचेत अवस्थामा उपचार गराइरहेका छन ।
बारपाक गोर्खाका गुरुङका आमा शुकमाया गुरुङ तथा बुबा मंगल बहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरीएको हो । नेपाली समाजका श्याम शेरचनले गुरुङ परिवारलाई कानुनी प्रकृया तथा बिमा लगायतका विषयमा भइरहेका गतिविधि बारे जानकारी गराएका थिए । सो अवसरमा ५ सदस्यिय कृष्ण गुरुङ सहयोगार्थ चन्दा संकलन समिति समेत गठन गरीएको छ । उक्त समितिमा हरी गुरुङ, खड्ग गुरुङ, योगेश गुरुङ, गंगाराम गुरुङ तथा हिरा गुरुङ रहेका छन । घाइते गुरुङका परीवारलाई समिति मार्फत सहयोग गर्न प्लमस्टेड गुरुङ समाजले अनुरोध समेत गरेको छ ।
प्लमस्टेड गुरुङ समाजको संयोजकत्वमा भएको रकम संकलन कार्यक्रमलाई डांडा गाउंले समाज तथा शिख कम्युनीटिका शुकविन्दर सिंहले समेत सहयोग गरेका थिए ।
यसअघि घाइते कृष्ण गुरुङको परिवारलाई एन आर एन युके पनि आर्थिक सहयोग गरेको थियो ।
दुर्घटनामा परेका कृष्ण गुरुङका परिवारलाई सहयोग
Read Time:2 Minute, 45 Second