ललितपुर, २९ माघ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकार गठनका लागि एनेकपा माओवादी र एमालेबीच भएको सातबुँदे सहमति विस्तृत शान्ति सम्झौतादेखि अहिलेसम्म भएका सबै सम्झौताको भावनाविपरित भएको बताएकाछन ।
नेपाली काँग्रेस ललितपुर नगर समितिले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले दुई दलबीचको सहमतिले शान्ति प्रक्रिया र संविधान लेखनलाई निष्कर्षमा पु¥याउन नसक्ने दाबी गरे ।
उनले माओवादी लडाकूको छुट्टै फोर्स बनाउन नहुने उल्लेख गर्दै लडाकूको सीप, योग्यता र दक्षताका आधारमा सुरक्षा निकायमा समायोजन गरिनुपर्ने धारणा राखे ।
केन्द्रीय सदस्य डा महतले अधिनायकवाद र त्रास रहेसम्म शान्ति तथा संविधान र जनअधिकारको सुनिश्चित हुन नसक्ने बताउँदै शान्ति, लोकतन्त्र र आर्थिक विकासका लागि काँग्रेस प्रतिपक्षमा बसेर पनि सक्रिय हुने बताए ।