शेर्पा संघ जापानको ल्होछार कार्यक्रम मार्च महिनामा हुने

Read Time:1 Minute, 6 Second

शेर्पा संघ जापानले स्थापनाकाल देखि हरेक बर्ष ल्होछार कार्यक्रम मनाउदै आएको छ ।  यस बर्ष पनि शेर्पा समुदायको नयाँ साल २१३८ (च्याक मो ह्योद लो) -मुसा बर्षको उपलक्ष्यमा सुभकामना आदान प्रदान कार्यक्रम रहेको समितिका महासचिव पेम्बा छिरिंग शेर्पा ले जानकारी गराएकाछन् ।  टोयोटा सिटि को निशी माची स्थित आर्केड़िया हलमा हुने उक्त कार्यक्रम मार्च महिनाको १२ तारिख बेलुकी ८ बजे देखि बिहान सम्म हुने  बताइएको छ ।  कार्यक्रमको  प्रमुख अतिथिमा  नेपाली आदिबासी जनजाती महासंघ केन्द्रीय समिति जापानलाई निमन्त्रना गरिएको र अतिथि हरुमा विभिन्न जातीय संघ संस्थाहरुलाई पत्राचार गरेको बताइएको छ ।

श्याम राना

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %