लोडसेडिङको विरोधमा प्राधिकरणमा धर्ना

Read Time:1 Minute, 17 Second

काठमाडौँ, २८ माघ
विद्युत् लोडसेडिङको अन्त्य गर्नुपर्ने माग गर्दै आज रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा धर्ना दिइयो ।
नेपाल टे«ड युनियन महासङ्घ काठमाडौँ जिल्ला कमिटीद्वारा बिहान १० देखि ११ बजेसम्म आयोजित सो धर्नामा महासङ्घअन्तर्गतका नेपाल बिजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनका मजदुरहरूको समेत सहभागिता थियो ।     धर्नामा विद्युत्मा भएका भ्रष्टाचारको अन्त्य गरिनुपर्ने, विद्युत् चुहावट बन्द गरिनुपर्ने, विद्युत्सम्बन्धी परियोजना पारदर्शी गरिनुपर्नेलगायतका नारा धर्नाकारीले लगाएका थिए ।

कमिटीका अध्यक्ष तुलसी ढकालले लोडसेडिङले गर्दा धेरै मजदुरको रोजगारी कटौती हुँदै गइरहेकाले लोडसेडिङको अन्त्य गर्न सम्बन्धित दक्षलाई दबाब दिने उद्देश्यले  धर्ना  गरिएको बताए

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %