लिम्बुवानको अनिश्चितकालीन वन्दले पूर्वाञ्चलको जनजीवन कष्टकर

Read Time:1 Minute, 23 Second

इटहरी, २८ माघ
तस्बिरसहितको मतदाता नामावली सङ्कलनको विरोधमा दैनिक दुई घन्टा साङ्केतिक यातायात बन्द गर्दै आएको मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दैै आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण पूर्वाञ्चलको जनजीवन कष्टकर भएको छ ।

लगातार चार दिनदेखि अरुण पूर्वका नौ जिल्लामा जारी बन्दले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि चरम रूपमा भएको छ भने अभाव पनि त्यतिकै खड्केको छ । बन्दका कारण यात्रीहरू धरानमा अलपत्र परेका छन् ।

पहाडी जिल्ला भोजपुर, तेह्रथुम, धनकुटा, सङ्खुवासभाका लागि पठाइएका औद्योगिक, निर्माण सामग्री र उपभोग्य वस्तु पनि बाटोमा नै अलपत्र परेका छन् । यातायातका साधन सञ्चालन नहुँदा सागसब्जी खेतबारीमा नै सड्ने स्थिति सिर्जना भएको छ । लिम्बुवानले आफ्ना कार्यकर्ता रिहा नभएसम्म बन्द फिर्ता नलिने अडान राखेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %