काठमाडौँ, २८ माघ
प्रधानमन्त्री झलनाथ खनालले वर्तमान मन्त्रिमण्डलले यथाशीघ्र पूर्णता पाउने बताएकाछन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसारमा आज राजधानीमा आयोजित कार्यक्रमपछि पत्रकाहरुसँग कुरा गर्दै प्रधानमन्त्री खनालले माओवादीले सरकारमा नजाने निर्णय गरेको कुरा आफूलाई थाहा नभएको बताएकाछन ।
प्रधानमन्त्री खनालले भने “नेकपा माओवादीले सरकारमा नजाने निर्णय गरेको कुरा मलाई थाहा छैन, यो सरकारले यथाशीघ्र पूर्णता पाउनेछ ।” प्रधानमन्त्री खनालले यही सरकार सहमतिको सरकार बन्दै जाने वताए ।
“निश्चितरुपले यो सरकार सहमतिको सरकार बन्दै जान्छ, हेर्दै जानुस्,” प्रधानमन्त्री खनालले भने ।