राज्यसत्ता डटकमले बिभिन्न क्षेत्रका जनजाति यूवाहरुबीच जातीय राजनीतिको २० बर्ष : संभावना र चुनौती बिषयक बहस कार्यक्रमको आयोजना गर्यो ।
बिभिन्न पेशा जस्तै बौद्धिक, पत्रकार, वकिल, राजनीतिज्ञ, सुरक्षा क्षेत्र, बैज्ञानिक, प्रशासन, नाट्य, चलचित्र, कला, डाक्टर, ब्यवसायीहरुबीच त्यस्तो कार्यक्रमको आयोजना गरिएकोथियो ।
कार्यक्रममा नेपालमा जातीय राजनीति भित्रयाउने २० बर्ष देखि जातीय राजनीति गरिरहेको दल राष्टिय जनमुक्ति पार्टीका सहअध्यक्ष गोरे बहादुर खपागीं र उपमहासचिव केशव सूर्यवंशी मगरलाई वत्ताको रुपमा निम्त्याइएकोथियो ।
करिब ७५ जना सहभागीबीच भएको बहस कार्यक्रममा दुई नेताहरुलाई राखेर गर्मागर्मी बहस भएकोथियो , जसलाई फिल्मीकर्मी संजोग लाफाले संचालन गरेकाथिए । आयोजकको भनाईमा यस्तो बिचारोतेजक बहस हरेक दुई हफ्ताको फरकमा आयोजना गरिनेछ ।