हिमाल मिडियामा सन्त गाहा मगर निर्वाचित

Read Time:2 Minute, 4 Second

काठमाडौ,२४ माघ

नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाको तेस्रो अधिवेशनले सन्त गाहा मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति तथा ७ जना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । २४ माघ २०६७ मा सम्पन्न अधिवेशनबाट निर्वाचित उपाध्यक्षमा अनुप प्रकाश, सचिव अनुराग अधिकारी, सहसचिव देवान राई, कोषध्यक्ष सानुबाबु तामाङ्ग र सदस्यहरुमा रुविना महतो, पावन माथेमा, प्रभात भट्टराई र नविन झ रहेका छन् ।
अधिवेशनबाट किरण नेपाल, इन्द्र श्रेष्ठ, डम्बरकृष्ण श्रेष्ठ, सरोज दाहाल, रामेश्वर बोहरा, धर्म दाहाल र मिनरत्न बज्राचार्यलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ । अधिवेशन महासंघको केन्द्रीय प्रतिनिधि समज्ञ लाकोलको उपस्थितिमा सम्पन्न भएको हो । केन्द्रीय प्रतिनिधि लाकोल र हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले नवनिर्वाचित कार्यसमिति तथा केन्द्रीय प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव रामजी दाहालले पत्रकारहरुले निर्धक्क तरिकाले अझै प्रेस स्वतन्त्रता उपभोग गर्न नपाईरहेको धारणा राखे । नवनिर्वाचित अध्यक्ष गाहा मगरले श्रमजिवि पत्रकारहरुको हितमा  काम गर्ने बचनबद्धता जाहेर गरे । हिमाल मिडिया अन्र्तगत हिमाल खबरपत्रिका, वेभ मासिक र नेपाली टाइम्स साप्ताहिक प्रकाशन हुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %