काठमाडौँ, २७ माघ
संविधानसभा, संवैधानिक समितिको आज बसेको बैठकमा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेका टुङ्गो लाग्न बाँकी विभिन्न ११ वटा विषयमाथि छलफल प्रारम्भ भएको छ ।
उक्त छलफलमा समितिका विभिन्न २१ जना सदस्यले भाग लिँदै आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेको समितिले जनाएको छ । उक्त छलफल भोलि पनि जारी रहने छ । बैठक समितिका सभापति नीलाम्बर आचार्यको सभापतित्वमा बसेको थियो ।