संवैधानिक समितिको वैठकमा न्यायप्रणाणी सम्वन्धी प्रतिवेदनमा छलफल

 

 काठमाडाँ २६ माघ

संवैधानिक समितिको आज बिहान बसेको बैठकमा न्याय प्रणालीसम्बन्धी समितिको प्रतिवेदनमा टुङ्गो लगाउन बाँकी रहेको विषयमाथि छलफल सुरु भयो ।

 सो प्रतिवेदनमा सहमतिका लागि विभिन्न आठवटा विषयमा टुङ्गो लगाउन बाँकी रहेको बताइएको छ ।

 आजको बैठकमा सो विषयमा विभिन्न २० जना सभासद्ले आफ्नो धारणा राखेको समितिका सचिव टेकप्रसाद ढुङ्गानाले जानकारी दिए  ।

साथै आजको बैठकमा व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा टुङ्गो लाग्न बाँकी रहेका विषयहरूमाथि पनि छलफल भएको थियो । बैठक समितिका सभापति नीलाम्बर आचार्यको सभापतिमा बसेको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %