लिम्वुवानको वन्दले मेची र कोशीका नौ जिल्ला ठप्प

Read Time:1 Minute, 33 Second

मोरङ २५ माघ

पक्राउ परेका कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद्ले आजदेखि मेची र कोशी अञ्चलका नौ जिल्ला बन्द गरेपछि जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र  धनकुटामा बिहानैदेखि यातायात सेवा ठप्प भएपछि जनजीवन प्रभावित भएको हो ।  

परिषद्ले धनकुटामा पक्राउ परेका आफ्ना केन्द्रीय सदस्य इन्द्र रसाइली, चन्द्रसिंह नेम्बाङ, जिल्ला उपाध्यक्ष फौदसिंह चोङवाङ, लिम्बुवान भोलन्टीयर्स धनकुटाका सिनियर फिल्ड कमान्डर गङ्गाहाङ तिगेला र सदस्य निरज श्रेष्ठको रिहाइ नभएसम्म अरुणपूर्वका नौ जिल्लामा अनिश्चितकालीन  बन्द आह्वान गरेको जनाएको छ ।

चारदिनअघि धनकुटा–४ स्थित कोशी राजमार्गमा हिलेतर्फ जाँदै गरेको को १ ख २८५० नम्बरको माइक्रो बसलाई परिषद्का कार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै आगजनी गरेपछि  प्रहरीले घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %