कांग्रेस प्रतिपक्षमा वसेर सरकारलाई सहयोग गर्दछ : देउवा

Read Time:2 Minute, 6 Second

काठमाडौँ, २४ माघ

नेपाली काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली काँग्रेस सरकारमा नगए पनि प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने बताएकाछन ।
आज नेपाल होटल व्यवसायी सङ्घको आठौँ साधरणसभामा नेता देउवाले एमाओवादी र नेकपा (एमाले)ले गरेको अहिलेको सहकार्यले निरन्तरता पाउनुपर्ने धारणा राख्दै आफूहरू भने प्रतिपक्षमा नै बस्ने बताए ।

उनले मन्त्रिमण्डलका लागि देखिएको भागवण्डाको विवादले शान्ति र संविधान बनाउन ढिलाइ भइरहेको बताउँदै छिटो भन्दा छिटो विवाद टुङ््ग्याएर मन्त्रिमण्डल गठन गरी शान्ति र संविधान निर्माण गर्न जुट्नु पर्ने बताए ।

साना तथा मझौला होटल व्यवसायीमाथि परेको घरबेटीको समस्याले विकराल रुप लिनसक्ने भएकाले यसको अन्त्यका लागि घरबेटीका लागि केही नियम बनाउनुपर्नै उनको धारणा थियो ।

कार्यक्रममा नेकपा (एमाले)का नेता योगेश भट्टराइले नेपाली काँग्रेस प्रतिपक्षमा नबसी सरकारमा जानु नै आजको आवश्यकता हो भने ।

उनले प्रधानमन्त्री बन्ने बित्तिकै नेप्सेमा सात अङ्कको सुधार आएको उदाहरण प्रस्तुत गर्दै काङ्गेस र अन्य दल पनि सरकारमा समावेश भइदिए नेपालको अर्थतन्त्रमासमेत सहयोग पुग्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले व्यावसायिक रूपमा ठूला होटलको भन्दा साना र मझौला होटलको योगदान ठूलो भएको र यी होेटलहरूले सबैभन्दा बढी रोजगारी दिलाएको तथ्य प्रस्तुत गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %