पुन समाज नेपालको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौमा (फोटो फिचर )

Read Time:2 Minute, 22 Second

काठमाडौ , २३ माघ

पुन समाज नेपालको दोस्रो राष्ट्रिय  सम्मेलन काठमाडौमा सुरु भएको छ । दोस्रो राष्ट्रिय सम्मेलनको एक कार्यक्रमका वीच वतावरणमन्त्री ठाकुर शर्माले उद्घाटन गरे ।

उद्घाटन समारोहमा वोल्दै उनले जनजातिहरुको पहिचानलाई संरक्षण गर्न जनजाति नै अग्रसर हुनुपर्ने कुरामा जोड दिए । आदिवासी जनजातिहरु आफ्ना पहिचान वचाउन सके  मात्र राष्ट्रको पहिचान जोगिने उल्लेख गरे । सरकारले कार्यदल मार्फत् गरेको सूचीकरणप्रति आदिवासी जनजनाति असन्तुष्ट्रि देखाएकाले सरकार त्यसमा परिमार्जन गर्न सक्ने संकेत गरे ।कार्यक्रममा नेकपा एमालेका सभासद् थममाया थापाले राज्यले संस्कृतिको संरक्षण गर्न उदासिन भएको आरोप लगाइन ।  पुनहरु अधिराज्यमै धेरै करीव ५ लाख जनसंख्या भएको जनजाति सूचिकरणमा नपर्नु अन्याय भएको वताइन । मगर संघ लगायत संघसस्थाले पुनहरुलाई वेवास्ता गर्ने गरेको चर्चा गदै उनले सूचिकरण विवाद सरकारले छिटो टुग्याउनु पर्ने वताइन ।  सरकारले एक  सूचिकरण गर्नुपर्ने उनले वताइन ।

 

कार्यक्रममा सद्भावना पाटीका नेता महेन्द्र आनन्दले अहिलेको सूचिकरण विवाद व्राहमणवादकै उपज भएको वताए । कार्यक्रममा आदिवासि जनजाति प्रतिनिधि दिपक शाक्य , पुन समाज नेपालका केन्द्रिय सदस्य तिलक पूर्जा पुन र नाराण गरवुर्जा पुन लगायतले पुनहरुलाई सरकारले सूचिकरण नगरे देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए । कार्यक्रम क्यापटेन केशर पुर्जा पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । दुई दिन सम्म चल्ने दोस्रो राष्ट्रिय सम्मेलनको आज वन्द सत्र सुरु भएको सचिव खेम पुनले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %