नया संविधान नबनेसम्म सरकार टिक्छ : ओली

Read Time:1 Minute, 11 Second

भक्तपुर, २३ माघ ।
नेकपा (एमाले)का नेता केपी ओलीले वर्तमान सरकार नयाँ संविधान नबनेसम्म टिक्ने बताएकाछन । पहिलो फिजम अन्तर विद्यालय फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै नेता ओलीले वर्तमान सरकारले नै आगामी चुनाव गर्ने र सरकार परिवर्तन हुने दाबी गर्नुभयो । संविधान लेखन र शान्तिप्रक्रिया टुङ्गो लगाउनु सरकारको मुख्य काम हो, उनले भने ।

नेता ओलीले भने, हामीले गर्न खोजे नहुने कुरा केही छैन, सङ्क्रमणकाललाई जतिसक्दो चाँडो टुङ्ग्याउनु पर्छ । लडाकूलाई छुट्टै दस्ता बनाउने भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री खनालबीच भएको सात बँुदे सहमतिबारे आफूले जानकारी नपाएको उहाँले बताए । उनले सबै दलहरुसँग मिलेर सहमति र सहकार्यका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको वताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %