समाज कल्याणका लागि युवा नेपाल

Read Time:2 Minute, 36 Second

पोखरा, २२ माघ ।
विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था समाज कल्याणका लागि युवा नेपालका प्रथम साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
साधारण सभाले किसान सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष रवि वि.क, सचिव गणेश सापकोटा, सह–सचिव समिर परियार र कोषाध्यक्षमा निर्देशकुमार चुल्याजु रहेकाछन्  । अन्य सदस्यहरुमा पुर्णमाया पोख्रेल, दीपक परियार, सरिष्मा छिनाल, इश्रत प्रभिन, अनुप थापा र देवि वि.क छन् ।
यस संस्था २०६५ कार्तिकमा स्थापित भई औपराचिक रुपमा २०६७ साउनमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष किसान सुनारले सामाजिक क्षेत्रमा सेवा गरी विभेदमुक्त र मानवअधिकारयुक्त, शान्तिपूर्ण, शिक्षित र आत्म निर्भर समतामुलक समाजको निर्माण गर्ने उद्देश्यले संस्थाको स्थापना भएको बताए । उनले आगामी दिनमा शिक्षा, नेतृत्व विकास, व्यवसायीक तालिम तथा असहाय वर्गको क्षेत्रमा काम गर्ने योजना रहेको उल्लेख गरे । कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्दै समितिका उपाध्यक्ष रवि वि.कले संस्थाले चेतनामुलक टेलिचलचित्र दलनको प्रदर्शन, सर्वोत्कृष्ट विद्यार्थी अभिनन्दन, रक्तदान, मानवअधिकार शिक्षा तालिम, समाज कल्याण छात्रवृत्ति कोष सहयोगार्थ सांगीतिक कार्यक्रम, नेतृत्व विकास तालिम जस्ता कार्यक्रम आयोजना गरिसकेको जानकारी दिए । संस्थाले हाल पोखराका दुई विद्यालयमा ६ जना बालबालिकाहरुलाई अध्ययन गराउदै आएको छ ।
अध्यक्ष किसान सुुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव समिर परियारले गरेकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %