मातृभाषा बिद्यालयले १२ बर्ष पुरा गरयो

Read Time:2 Minute, 45 Second

देवदह माघ २२
नीजि प्रयासबाट सन्चालित  गुरुङ्ग र मगर भाषामा पढाई हुने विद्यालय देवदह मटर टङ्गस एकेडेमीको १२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ  । दुई दशकको अवधिमा रुपन्देहीले शिक्षा क्षेत्रमा  ठूलो फड्को मार्न सकेको जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरिक्षक रामकृष्ण पछाईले बताए । मातृभाषामा पढाई हुने निजी विद्यालयलाई पनि राज्यले  सहयोग गर्नु पर्ने पछाईले बताए । निजी क्षेत्रका विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याएको बताउदै निजी  विद्यालय नहुने हो भने  राज्यले सामुदायिक विद्यालयमा अहिले दोव्वर लगानी गर्नु पर्ने स्थिती आउन सक्ने कार्यक्रमका प्रमुख अतिथि पछाईले दावी गरे । अभिभावकको चेतना राम्रो भएकोले शिक्षामा देशकै प्रसिद्ध थलोको रुपमा देवदह विकसित हुदै गएको र संख्यात्मक भन्दा पनि गुणात्मक शिक्षामा जोड दिदै निजी विद्यालय सेवा मुलक हुनु पर्ने पछाईको भनाई थियो ।
कार्यक्रममा ईप्साका अध्यक्ष विष्णु पौडेल, न्यू नमुना बोडिङ्गका होम नाथ ढुगाना, लिला बहादुर कार्की, जय किशन अधिकारी, जसमान गुरुङ्ग, दल बहादुर पाइजा, केशव पुन, मनोज श्रेष्ठ, महेश पराजुली लगातयले बोल्दै देवदह मदर टङ्गस एकेडेमीले मातृभाषामा पढाई गरेर देशकै लागि नमुना योग्य काम गरेको बताएकाथिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टौ बहादुर गुरुङ्गको अध्यक्षता, शिक्षक यम लाल शर्माको संचालन र प्रवन्धक निर्देशक भिम गुरुङ्गको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङ्गले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेकाथिए भने कार्यक्रममा पुरस्कार वितरणको साथै वभिन्न सांस्कृतिक झलकहरु प्रस्तुत गरिएका थिए ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %