संविधान निर्माण र शान्तिप्रक्रियालाई टुग्याउँछु : प्रधानमन्त्री खनाल

Read Time:1 Minute, 46 Second

काठमाडौँ, २१ माघ

नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले संविधान निर्माण र शान्तिप्रक्रियालाई सार्थक बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने बताएकाछन । आज बिहान आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री खनालले यस कार्यमा सबै राजनीतिक दलहरुलाई समेटेर कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सहमति र सहकार्यको विकल्प नभएको दोहो¥याउँदै पहिलो सानो आकारको मन्त्रिमण्डल बनाएर जनताका समस्याहरु निराकरण गरिने उल्लेख गरे । प्रधानमन्त्री खनाललाई शुभकामना तथा बधाई ज्ञापन गर्न बिहानदेखि नै उनको निवासमा ठूलो सङ्ख्यामा भीड लागेको थियो ।

नेपालका लागि चिनियाँ राजदूत क्यु गो होङले उहाँकै निवासमा गई बधाई तथा शुभकामना व्यक्त गरेका  थिए । सो भेटमा चीनले  नेपालको शान्तिप्रक्रियामा सहयोग गर्ने र द्विपक्षीय सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री खनालले बताए ।

उनले हिजो राति भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले टेलिफोनबाट बधाई तथा शुभकामना व्यक्त गरेको जानकारी गराउँदै दुवै छिमेकीसँगको सम्बन्ध र सहयोगलाई सरकारले महत्व दिने उल्लेख गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %