प्रधानमन्त्री निर्वाचन जारी र खनाललाई माओवादी समर्थन

Read Time:2 Minute, 42 Second

काठमाडौं, माघ २०

बानेश्वरस्थित संविधानसभा भवनमा बिहीबार प्रधानमन्त्री निर्वाचन जारी छ । प्रधानमन्त्री चयनका लागि संसदमा निर्वाचन प्रक्रिया जारी छ । अहिले प्रधानमन्त्रीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको औचित्यबारे बोलिरहेका छन् ।

माओवादीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी निर्णयप्रति उपाध्यक्ष बाबुराम भट्टराईले नोट अफ डिसेन्टु लेखेको नेतृ हिसिला यमीले जानकारी दिइन् ।

उम्मेदवारी फिर्ता लिएर खनाललाई सहयोग गर्ने विषयमा छलफल गर्न माओवादी स्थायी समितिको बैठक संसद् भवन नयाँ बानेश्वर झण्डै तीन घण्टा बसेको थियो । भट्टराईले पार्टी निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्टु लेखे पनि खनाललाई मत दिने बताएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव गरेपछि माओवादी नेताहरुबिच चर्काचर्की भएको छ ।

दाहालको प्रस्तावप्रति उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले असहमति जनाएका छन् । उनीहरुले उम्मेदवारी फिर्ता लिने दाहालको प्रस्तावप्रति आपत्ति जनाएको श्रोतले जनाएको छ ।

प्रधानमन्त्री निर्वाचनमा कस्ले कस्लाई सघाउने भन्ने निर्णय भइरहेको छ । लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेका राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातनत्र पार्टीले कांग्रेसलाई सघाउने निर्णय गरेका छन् भन् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बिजय कुमार गच्छेदारलाई सघाउने भएको छ ।

राजपको ३ र राप्रपाको ८ मत रहेको छ भने राप्रपा नेपालको चार मत रहेको छ । माओवादीका पक्षमा यसअघि उनलाई मत दिंदै आएका सात साना दल देखा परेका छन् । हालसम्म एमालेका झलनाथ खनाललाई
माओवादीले भोट हाल्ने निर्णय गरेको छ  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %