काठमाडौं, माघ २०
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचनबाट बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । दाहालले एमाले अध्यक्ष झलनाथ खनाललाई सहयोग गर्ने घोषणासहित उम्मेदवारी फिर्ता लिएका हुन् ।
कोही पनि त्याग गर्न तयार नभएपछि सहमतिका लागि आफूले उम्मेदवारी फिर्ता लिएको दाहालले बताए । ुकोही पनि त्याग गर्ने छैन, हामी आफ्नै कुरामात्र राखिरहन्छौं उनले भने, फेरि लेखाजोखा गर्दा परिणाम नआउने नै भएपछि उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको छु ।
दाहालले चारै जना उम्मेदवार मैदानमा रहँदा आफू पनि पुनः हार्ने सूचिमा पर्ने भएकाले उम्मेदवारीबारे निर्णय पुर्नविचार गर्न बाध्य भएको उल्लेख गरे ।
दाहालले पहिलेजस्तै फेरि पनि निर्वाचन प्रक्रिया लम्ब्याइरहे जनताको आक्रोस थपिने र त्यसले भयङ्कर रुप लिने बताए । अहिले त एकाध जनताले एकाध थप्पड हानेका छन् अब त जनताले सडकमा निस्कनेवित्तिकै जुत्ता हान्नेछन्, दाहालले भने ।